सोलुखुम्बु । सोलुखुम्बुको सोताङ गाउँपालिकामा भैँसीले हानेर एक जनाको ज्यान गएको छ।

ज्यान जानेमा सोताङ गाउँपालिका वडा नम्बर–१, को तिनतलेका स्थानीयवासी ६९ वर्षीय गन्थबहादुर बस्नेतलाई भैँसीले हान्दा ज्यान गएको जिल्ला प्रहरी कार्यलय सोलुखुम्बुले जनाएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मंगलबार बिहान बाटोमा हिँड्ने क्रममा बस्नेतलाई छिमेकी टेकबहादुर बस्नेतको भैँसीले हानेर घाइते बनाएको थियो।

भैँसीले हानेर घाइते भएका बस्नेतलाई स्थानीयले अस्पताल लैजाने तयारी गर्दागर्दै ज्यान गएको प्रहरीले जनाएको छ।