संयुक्त प्रेस विज्ञप्ति
आज मिति २०७४/१२/२० गते मुलुकका प्रमुख तिन विद्यार्थी संगठनहरुको संयुक्त वैठक अखिल(क्रान्तिकारी)को केन्द्रीय कार्यालय वागवजारमा वस्यो । वैठकले शिक्षा ऐनको नवौं संशोधन, निजी विद्यालयको चर्को शुल्कवृद्धि लगायतका ज्वलन्त मुद्दामा लिएका निर्णय र संघर्षका कार्यक्रमहरु निम्न वमोजिम रहेको छ:
१)शिक्षक लाइसेन्स लिएका सात लाख फ्रेस विद्यार्थीको प्रतिस्पर्धाको अधिकार कुण्ठित गर्दै ल्याइएको शिक्षा ऐनको नवौं संशोधन खारेज गर्न तत्काल संघर्षको निम्न कार्यक्रम गर्ने : क)२०७४/१२/२१ गते अविलम्ब दशौं संशोधन पेश गर्न शिक्षा मन्त्रीलाई ज्ञापनपत्र पेश गर्ने।
ख)२०७४/१२/२३ गते नवौं संशोधन खारेजी र दशौं संशोधनको आवश्यकताको विषयमा सरोकारवाला सम्मिलित बृहत् अन्तर्क्रिया कार्यक्रम गर्ने।
ग)दशौं संशोधनका लागि संघीय संसदका सवै सदस्यलाई ध्यानाकर्षण पत्र दिने।
२)निजी विद्यालयको चर्को शुल्कवृद्धि खारेज गर्न निम्न कार्यक्रम गर्ने : क)शिक्षा मन्त्रीलाई ध्यानाकर्षण गराउने। ख)विद्यालय शुल्कको देशब्यापी अनुगगन गर्नका लागि ७५३ वटै तहका प्रमुखलाई ज्ञापनपत्र दिने। ग)निजी विद्यालयको शुल्कवृद्धि सम्वन्धमा विद्यार्थी संगठनका केन्द्रीय कार्यालयमा अभिभावकहरुलाई उजुरी हाल्न सार्वजनिक अपिल गर्ने।
३)आगामी वजेटमा शिक्षामा २०% वजेट छुट्याउन नेपाल सरकार, संघीय संसद, अर्थ मन्त्रालय,शिक्षा मन्त्रालय,योजना आयोग लगायतका सवै सम्वद्ध निकायमा विशेष दवाव दिने र माग गर्ने।
३)निरक्षरता उन्मुलन र सार्वजनिक विद्यालयको गुणस्तर अभिवृद्धिका लागि विशेष अभियान चलाउने।निरक्षरता उन्मुलनका लागि सरकारले चलाउने राष्ट्रिय विद्यार्थी भर्ना कार्यक्रमलाई विद्यार्थी संगठनका तर्फबाट थप प्रभावकारी वनाउने।
४) प्रमाणपत्र धितो राखी विद्यार्थीलाई यसै वर्षदेखि शैक्षिक ऋण उपलब्ध गराउन सरकारसंग माग गर्ने।
५)त्रिविको सेमेस्टर प्रणालीलाई ब्यवस्थित र गुणस्तरयुक्त वनाउन प्रभावकारी कदम चाल्न माग गर्ने। विद्यार्थीको चापलाई मध्यनजर गरि पुन: प्रवेश परीक्षा गराउन माग गर्ने।
६)पेट्रोलियम पदार्थमा अन्तर्राष्ट्रिय वजार अनुसार स्वचालित मुल्य निर्धारण प्रणालीलाई कडाईपुर्वक पालन गर्न माग गर्ने।
रञ्जित तामाङ अध्यक्ष अखिल(क्रान्तिकारी)
महेश वर्तौला उपाध्यक्ष अनेरास्ववियु
पुष्पविक्रम शाही उपाध्यक्ष नेविसंघ










