काठमाडौं, २१ चैत - कर्मचारीहरुले जथाभावी विदेश भ्रमण गर्न थालेपछि सरकारले त्यसमा कडाइ गर्ने तयारी अघि बढाएको छ ।

लाखौं रकम खर्च गरेर विदेश भ्रमण गर्ने कार्य रोक्न कार्यविधि ल्याउन लागिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यसका लागि सोही कार्यालयका सचिव प्रेमकुमार राईको संयोजकत्वमा गठित समितिले कार्य शुरु गरेको छ ।

उनले भने, `एउटै कर्मचारी धेरैपटक जानेदेखि बजेट सकाउन अध्ययन भ्रमण हुने क्रम बढेपछि कडाई गर्न लागेका हौं ´।

सो समितिलाई १५ दिने म्याद दिइएको छ ।

समितिले दिएको सुझाव प्रतिवेदनका आधारमा कार्यविधि बनाउने नेपाल समाचारपत्रमा खबर छ ।