काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले सरकारले उपलब्ध गराएका सुरक्षाकर्मी फिर्ता पठाउने भएका छन् । भट्टराईले आउँदो वैशाख १ गतेदेखि व्यक्तिगत सुरक्षा अधिकृत बाहेक अरु सुरक्षाकर्मी फिर्ता पठाउने स्वकीय सचिव विश्वदीप पाण्डेले जानकारी दिए ।

भट्टराईले अति विशिष्ट र विशिष्ट व्यक्तिको सुरक्षाको नाममा धेरै जनशक्ति दुरुपयोग भएकोले यसमा सुधारका लागि नियम पुनरावलोकन गर्न सरकारसँग आग्रह गर्दै आएका थिए । केही समयअघि गृहमन्त्री र विशिष्ट व्यक्तिहरुको सुरक्षा हेर्ने नेपाल प्रहरी र सशस्त्र प्रहरीको सुरक्षा सेवा निर्देशनालयका प्रमुखसँग भेटेर यस्तो आग्रह गरेका थिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री राम बहादुर थापाले भीआईपी र भीभीआईपीको लागि उपलब्ध गराएका अनावश्यक सुरक्षाकर्मी र चालक फिर्ता गराउन निर्देशन दिएका थिए । सोही अनुसार मंगलबार मात्रै कांग्रेस नेताहरु अर्जुननर सिंह केसी, डा. मिनेन्द्र रिजाल, शंकर भण्डारी लगायत ६० भन्दा बढीका सुरक्षाकर्मी तथा चालक फिर्ता भएका थिए ।

-केन्द्रबिन्दु बाट