काठमाडौं, २१ चैत– दोस्रो पटक प्रधानमन्त्री निर्वाचित भएसँगै केपी शर्मा ओली पहिलो भारत भ्रमणमा जाँदै छन् ।

चैत २३–२५ गतेसम्म भारतमा रहँदा प्रधानमन्त्री ओलीले भारतीय राष्ट्रपति, प्रधानमन्त्रीलगायत विशिष्ट व्यक्तिहरुसँग भेटवार्ता गर्दैछन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

ओली भारतमा रहँदा एक दिक्षान्त समारोहमा सहभागी हुँदैछन् । जहाँ उनलाई मानार्थ विद्यावारिधिले सम्मान गर्ने कार्यक्रम रहेको छ ।

जीवी पन्त युनिभर्सिटि अफ एग्रिकल्चर एन्ड टेक्नोलोजीको दीक्षान्त समारोहमा नेपालमा प्रधानमन्त्री सहभागी हुने भएसँगै त्यस क्षेत्रमा उनको स्वागतका लागि विशेष व्यवस्था गरिने भएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार नेपालका प्रधानमन्त्रीको स्वागतका लागि रुद्रपुरमा तयारीलाई तिव्रता दिइएको छ ।

पन्तनगर क्षेत्रमा सडकका खाल्डाखुल्डी पुर्ने र सरसफाई गर्ने, गेटहरु निर्माण गर्ने कार्य तिब्ररुपमा भइरहेको छ ।

प्रधानमन्त्री ओलीको सुरक्षाका लागि चार एसएसपीसहित ४४७ प्रहरी अधिकारीलाई समेत खटाइएको छ ।

जसमा पाँच एएसपी, १२ सीओ, १० निरीक्षक, ६९ उपनिरीक्षक, २० हेड कन्स्टेबल, ३१४ पुरुष कन्स्टेबल, ४७ महिला कन्स्टेबल चार कम्पनी पीएसीका साथ यातायात, दमकल लगायका सुरक्षा संयन्त्र परिचालन गरिएको छ । त्यस्तै भारतीय जासूस विभागलाई पनि सक्रिय बनाइएको छ । उक्त क्षेत्रका होटलहरुमा विशेष निगरानी तथा चेकजाँच शुरु गरिएको छ । लोकान्तर बाट