काठमाडौं, २१ चैत–रक्षा मन्त्री इश्वर पोखरेलले पत्नी वियोगमा रहेका कलाकार मदनकृष्ण श्रेष्ठलाई सहानुभूति व्यक्त गरेका छन् ।
मन्त्री पोखरेल श्रेष्ठको निवास ललितपुरस्थित सुनाकोठी पुगेर परिवारलाई सान्त्वना दिएका हुन् ।
क्यासरबाट पीडित सुवेदीको सोमबार राति निधन भएको थियो । उनको अन्त्यष्टि मंगलबार पशुपति आर्यघाटमा गरिएको थियो ।











