विष्णुप्रसाद पोखरेल दमक/ पूर्व राजा ज्ञानेन्द्र शाह र रानी कोमल शाहका लागि झापाको दमकमा बुधबार साँझ बिशेष आरती गरिएको छ । दमकस्थित पशुपति मन्दिरमा हरेक सोमबार साँझ एक घण्टा हुदै आएको बिशेष आरती पूर्व राजा शाहको इच्छा अनुसार बुधबार गरिएको हो ।
शिवरात्रीको अवसरपछि प्रत्येक हप्ताको एकदिन सोमबार बिशेष आरती हुदै आएको थाहा पाएर शाहले यहाँ आउने इच्छा प्रकट गरेपछि त्यसलाइ पुरा गरिएको बताइन्छ । शाह ६ बजेर ५२ मिनेटमा पशुपति मन्दिर परिसरमा प्रवेस गरेका थिए ।
पशुपति आध्यत्मिक युवा समुहले बिशेष आरती गर्दै आएको हो । यसको संयोजक दमकका सामाजिक युवा ब्याक्तित्व बद्रि बराल रहेकाछन् । सचिब सुयोग खरेलका अनुसार यसले धार्मिक र आध्यत्मिक क्षेत्रमा दमकको पहिचानलाइ बढाउने अपेक्षा लिइएको छ ।
मन्दिरको गेटदेखि नै उनलाइ राम थापा, नन्दि अधिकारी, बद्रि बराल, सुयोग खरेल लगायतले स्वागत गरेका थिए । एक महिनायता पूर्व राजा परिवार सहित दमकमा नै बस्दै आएकाछन् ।










