बेलबारी । मोरङको बेलबारी ८ मा रहेको ओमप्रसाद अधिकारीको घरमा दुईवटा टाउको भएको बाच्छी जन्मेपछि हेर्नेको भिड लाग्ने गरेको छ । १८ दिन अघि जन्मेको बाच्छीको दुई वटा टाउको ४ वटा आँखा रहेका छन भने शरिर भने अन्य वाच्छीहरुको जस्तै रहेको छ ।

तिन चार बर्ष अघिदेखि सो गाई कसैबाट अधिया पाल्न भनि ल्याईएको थियो । आफ्नो बनाए पछिको पहिलो बाच्छीनै यस्तो जन्मेको हो । अहिले दैनिक १५ देखी २० जना भन्दा वढि बाच्छी हेर्न आउने गरेको छिमेकी केशब ढकालले बताए । ढकालका अनुसार बाच्छी जन्मेपछि भजन कृतन पुजापाठ गनर्ने दैनिक घर लिपपोत गर्ने परिवारले गरिरहेका छन । दैनिक १५ सय देखी २ हजार सम्म आम्दानी हुने अधिकारी परिवारले जनाएका छन ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

तर त्यो आम्दानीले गाईलाई नै नपुग्ने गरेको अधिकारीले बताए । पहिलो बेतमा ५ लिटर सम्म दुघ दिने गरेको गाइले यो बेतमा २ लिटर मात्रै दुध दिएको अधिकारीले बताए । बाच्छी बचाउनका लागी दुध खुवाउनु पर्ने गर्मी भएर हप्याक हप्याक भएकाले त्यसलाई हम्काई रहनु परेको ओम प्रसाद अधिकारीकी श्रीमती सरिता अधिकारीले बताईन ।

-पुर्बेली न्यूज बाट