स्थापनाको २१ वर्षपछि पोखरा विश्वविद्यालयमा पहिलोपटक स्वतन्त्र विधार्थी युनियनको चुनाव भएको छ । वुधवार भएको चुनाव शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । केही समय अघिबाट मतगणनासमेत सुरु हुने भएको छ । मतगणनाको अन्तिम परिणाम विहीबार दिउँसोसम्म आउन बताइएको छ ।

निर्वाचनमा तीन संगठनका तीन र दुई स्वतन्त्र गरी ५ जना अध्यक्षसहित अन्य पदका लागि ३३ जनागरी ३८ जना चुनावी मैदानमा होमिएका छन् । निर्वाचन सुरु भएसँगै विश्वविद्यालयको संस्थापक स्ववियू सभापति के बन्छ ? भन्ने विषयलाई रोचकताका साथ हेरिएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

निर्वाचन मार्फत १९ सदस्य कार्यसमिति चयन हुँदैछ । जस्मा ११ जना प्रत्यक्ष र ८ जना समानुपातिक प्रणालीमार्फत निर्वाचित हुने निर्वाचन समितिका सदस्य योगराज लामिछानेले जानकारी दिए ।

निर्वाचनमा एमाले निकट अनेरास्ववियूका तर्फबाट सुनिल तिमिल्सिना, कांग्रेस निकट नविसंघका तर्फबाट डिभान भुजेल र माओवादी निकट अखिल (क्रान्तिकारी)का तर्फबाट सुधन पन्तले अध्यक्षमा उम्मेदवारी दिएका छन् ।

स्वतन्त्र रुपमा कुशुम शिला भट्ट र सुभाषप्रसाद पौडेलले अध्यक्षका उम्मेदवार रहेका छन् । भट्ट अनेरास्ववियु र प्रधान नेविसंघका वागी हुन् । यसैगरी सचिवमा स्वतन्त्र उम्मेदवारी दिएका विनोद भण्डारी अनेरास्ववियु क्रान्तिकारीका वागी उम्मेदवार हुन् ।

यसैगरी अनेरास्ववियुले सचिवमा सुरज परियार र कोषाध्यक्षमा प्रकृति दवाडी लाई अघि सारेको छ भने नेविसंघले नारायण सापकोटा र वीनिता लामिछाने एंव अखिल क्रान्तिकारीले विनायक तिमिल्सिना र सामना सुवेदीलाई मैदानमा उतारेको छ । जनमोर्चा निकट अखिल छैटौंले सचिवमा हेमन्त रानामगरलाई मात्र उम्मेदवार वनाएको छ ।

यस अघि संघिय समाजवादी फोरम निकट संघीय समाजवादी विद्याथी संगठनको तर्फबाट राजेशकुमार यादवले उम्मेदवारी दत्र्ता गरे पनि अनेरास्ववियुलाई सहयोग गर्ने गरि उम्मेदवारी फिर्ता लिएका थिए । अध्यक्षमा उम्मेदवारि फित्र्तासँगै फोरमले सहसचिव र एक सदस्य पाएको छ भने अन्य पदमा अनेरास्ववियुका उम्मेदवारलाई सघाउने सहमति भएको छ ।

विहान ७ः३० बजेदेखी सुरु भएको मतदान कार्यक्रम दिउँसो ३ः३० वजे सकिएको थियो । नेतृत्व चयनका लागि निर्वाचनमा विश्वविद्यालयका २ हजार १ सय १७ जना विद्यार्थीहरु मध्ये १ हजार ७ सय ६९ अर्थात् ८४.६८ प्रतिशत मत खसेको छ ।

यस अघि निर्वाचनका लागि अनेरास्ववियु, नेविसंघ, अखिल क्रान्तिकारी, संघीय समाजवादी विद्यार्थी र अखिल छैठौंले निर्वाचन कार्यालयमा आ–आफ्नो संगठन दर्ता गराएका थिए । समानुपातिकका लागि दत्र्ता भएका ५ संगठनले ८/८ जनाको नामसहितको वन्द सूची यस अघिनै निर्वाचन समितिमा बुझाइसकेका छन् ।

अनेरास्ववियु र क्रान्तिकारिबीच कुरा नमिल्दा दुई प्यानल

केन्द्रमा एमाले र माओवादीबीच पार्टी एकीरण प्रकृया अन्तिम चरणमा पुग्दा पोखरामा भने दुई पार्टीका विद्यार्थी संगठन एक अर्काका प्रतिस्पर्धि बनेर मैदानमा उत्रेका छन् । पोखरा पोखरा विश्वविद्यालयमा पहिलो पटक हुन लागेको स्ववियुको निर्वाचनमा पदीय भागवण्डा नमिल्दा दुई संगठन एक अर्काका विरुद्ध प्यानल बनाएर मैदानमा उत्रेका थिए । -नया पत्रिका बाट