रसुवा– निजी क्षेत्रबाट सञ्चालित बेत्रावतीस्थित एक विद्यालयका प्रबन्ध निर्देशक पछिल्लो ८ दिनदेखि बेपत्ता भएका छन्।

बेपत्ता हुनेमा उत्तरगया गाउँपालिका वडा नं ५ लहरे घर भई बेत्रावती ट्रिनिटी इङ्लिस बोर्डिङ स्कूल सञ्चालन गर्ने प्रबन्ध निर्देशक २९ वर्षीय चित्रमान डंगोल रहेको जिल्ला प्रहरी कार्यालय, रसुवाले जनाएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

जिल्ला प्रहरी प्रमुख शरतकुमार थापा क्षेत्रीका अनुसार प्रबन्ध निर्देशक डंगोल हराएको जाहेरी पाउनासाथ खोजतलास कार्यलाई व्यापक बनाइएको छ।

यही चैत १५ गते आफ्नो घर लहरेबाट स्याफ्रुबेँसीका लागि हिँडेका श्रेष्ठ सोही दिन राति १० बजे आफू स्याफ्रुबेँसी पुगेको जानकारी घरपरिवारमा गराएपछि सम्पर्कविहीन भएको उनका दाजु नेत्रमानले बताए। रासस