काठमाडौं - संघीय संसदमा पदाधिकारीले गाडीसहितको सेवासुविधा पाउँछन् । नयाँ पत्रिका दैनिक लेख्छ - सभामुख, अध्यक्ष, उपसभामुख, उपाध्यक्ष, विपक्षी र सत्तापक्षको नेता, प्रमुख सचेतक, सचेतक र संसदीय समितिको सभापतिले गाडीलगायतका सुविधा पाउँछन् ।

हालसम्म सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, उपसभामुख शिवमाया तुम्बाहाम्फे, उपाध्यक्ष शशीकला दाहाल, कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाण, माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ, प्रतिनिधिसभा नियमावली मस्यौदा समिति सभापति कृष्णभक्त पोखरेल र राष्ट्रियसभा नियमावली मस्यौदा समिति सभापति परशुराम मेघी गुरुङले गाडी सुविधा प्रयोग गरिसकेका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

एमालेका प्रमुख सचेतक र सचेतक बुधबार चयन गरेको छ ।

एमाले दलको कार्यालयबाट प्रमुख सचेतक र सचेतकमा नियुक्त भएको जानकारी प्राप्त भएपछि मात्रै गाडी सुविधा दिइने संघीय संसद सचिवालयस्थित सवारी व्यवस्थापन शाखाका प्रमुख एवं उपसचिव नेत्रबहादुर कार्कीले बताए ।