काठमाडौं, २२ चैत-एमाले–माओवादी पार्टी एकता संयोजन समितिको बैठक बालुवाटारमा बसिरहेको छ । बैठकमा कार्यदलले मिलाउन बाँकी विषयमा छलफल गरी सहमति जुटाउने प्रयास गर्ने नेताहरूले बताएका छन् ।
कार्यदल स्तरमा एकीकृत पार्टीको चुनाव चिह्न सूर्य वा सूर्यभित्र हसियाँ–हथौडा, विधानको प्रस्तावनामा ‘जनयुद्ध’ शब्द राख्ने वा नराख्ने भन्ने विषयमा सहमति जुटेको छैन । साथै पार्टीको संगठनात्मक संरचनामा कुन पार्टीका कति प्रतिशत नेता रहने भन्ने विषमा पनि सहमति जुट्न बाँकी छ ।
विवाद रहेका यी विषयमा संयोजन समितिले टुङ्गो लगाउने नेताहरूले बताउँदै आएका छन् । आगामी वैशाख ९ गते पार्टी एकीकरण घोषणा गर्ने तयारीमा रहेका दुवै दलले सकेसम्म यी विषयमा प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जानुअघि नै सहमति जुटाउने प्रयास गर्ने बताउँदै आएका छन् ।
लोकान्तर बाट









