काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य दुर्इ सय रुपैयाँले घटेको छ ।
बुधबार बजारमा सुनको मूल्य ५८ हजार रुपैयाँमा कारोबार भएको थियो भने बिहीबार घटेर सुनको मूल्य ५७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
त्यस्तै, चाँदीको मूल्य पाँच रुपैयाँले घटेको छ ।
बुधबार बजारमा चाँदीको मूल्य ७ सय ४० रुपैयाँमा कारोबार भएकोमा बिहीबार भने चाँदीको मूल्य ७ सय ३५ रुपैयाँमा कारोबार भइरहेको जानकारी दिएका छन्।










