दमक/ झापाको दमकबाट लागु औषध ब्राउन सुगर सहित एक ब्याक्ति पक्राउ परेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय दमकका प्रमुख दीपक गिरीका अनुसार आज बिहान ९ बजे दमक ७ बाट धु्रव कुमाललाइ ९ ग्राम ब्राउन सुगर सहित पक्राउ गरिएको हो । पक्राउपछि थप अनुसन्धान भइरहको पनि उनले जानकारी दिए । केहि समययता उनलाइ प्रहरीले खोजी गर्दै आएको जनाईएको छ ।