काठमाडौ- वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले परम्परागत १३ दिने काज-क्रियालाई छोट्याउने भएका छन्।
पत्नी यशोदाको काज क्रियालाई पाँच दिनमा छोट्याउन लागेको पारिवारिक स्रोतले जानकारी दिएको छ।
श्रेष्ठको श्रीमती यशोदाको मंगलबार पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको थियो।
पशुपति आर्यघाटमा छोरा यमन श्रेष्ठले आमा यशोदालाई दागबत्ती दिएका थिए।
मदनकृष्ण श्रेष्ठको आखाँबाट आँसु बगिरहेको थियो भने त्यहाँ उपस्थित वरिष्ठ कलाकार हरिवंश आचार्य लगायत सबैको अनुहार भावविह्वल देखिन्थ्यो।देशसञ्चार










