काठमाडौंको व्यस्त सडक मानिने लैनचौरमा हिजो रातको ११ बज्दै गर्दा एक मोटरसाइकल चालक र ट्राफिक प्रहरी बीच हानाहान भएको छ। सुरुमा मोटरसाइकलले विपरित दिशामा डिउटीमा खटेका ट्राफिक प्रहरीलाई ठक्कर दिएपछि ट्राफिकले प्रतिकार गर्दा विवाद उत्पन्न भएको हो।
गोरखा घर भई हाल काठमाण्डौको कपन बस्ने मनिष गुरुङले ट्राफिक प्रहरी चक्र नेपालीलाई गए राति लैनचौरमा ठक्कर दिएका थिए भने ट्राफिकले उक्त चालकलाई एकोहोरो झापड हान्दै मुख छाडेको प्रत्यक्षदर्शीले एक अनलाइन च्यानललाई जानकारी दिए।
सोही समय पीडित चालक मनिष गुरुङले माफ गर्नुहोस् भन्दै गर्दा समेत सोहि चालककै हेल्मेट खोसेर एकोहोरो गुरुङको टाउकोमा प्रहार गरि गहिरो चोट परेको स्थानीयवासी बताउँछन्। हाल उक्त घाइते चालक गुरुङ मनमोहन अस्पतालमा उपचारका क्रममा छन्। उनको टाउकोमा टाँका लगाउनु पर्ने चिकित्सकले बताएका छन्।
घाइते चालकका बयान अनुसार राती भाइलाई पुर्याएर फर्किदै गर्दा शो घटना भएको हो। टर्निङमै ट्राफिक उभिरहेको हुँदा उनी मोटरसाइकलले ट्राफिकलाई ठक्कर दिएको थियो। उनले माफी माग्दामाग्दै ट्राफिकले आफूमाथि हात हालेको र आफ्नै हेलमेट खोसेर आफूमाथि प्रहार गरेको बताए। हेर्नुहोस् भिडियो
https://youtu.be/TME08f2LGvUडिसी नेपाल बाट साभार










