मनकामना कलेजमा आज नेवि संघ पुर्नगठन भएको छ । विद्यार्थी गोकुल पौडेलको सभापतित्वमा भएको पुर्नगठन कार्यक्रममा क्षेत्र नं. २ का सभापति कोषराज प्याकुरेल, सहसचिव एलेक्स मैनाली, कन्काई क्याम्पस स्ववियु सचिव मिलन चापागाई लगायतको उपस्थिती रहेको थियो ।
पर्नुगठनबाट संघको सभापतिमा गोकुल पौडेल निर्वाचित भएका छन् भने उपसभापतिमा संजय शाह र प्रियंका गुरुङ त्यस्तै सचिवमा रोसन भट्टराई, सहसचिवमा राधिका आचार्य र लुना प्रधान, कोषाध्यक्षमा पवन खनाल निर्वाचित भएका छन् ।
मनकामना कलेजमा भएको क्यान्टीनलाई थप व्यवस्थित बनाउने , विद्यार्थीको कलेज फीमा केही सुधार गर्ने, साथै समय समयमा अत्तिरिक्त क्रियाकलाप गरिरहने नेवि संघको भावि योजना रहेको नवनिर्वाचित अध्यक्ष गोकुल पौडेलले जानकारी दिए ।
नवनिर्वाचित उपसभापति संजय शाह ले स्वागत गरेको कार्यक्रम नवनिर्वाचित सचिव रोसन भट्टराईले संचालन गरेका थिए ।










