काठमाडौं : संघीय समाजवादी फोरमको टोली १० दिने चीन भ्रमणबाट फर्किए लगत्तै फोरम अध्यक्ष उपेन्द्र यादव बालुवाटार पुगेका छन्। फोरम नेतृ रेणु यादवसहितको टोली चीनको १० दिने भ्रमणबाट फर्किएपछि अध्यक्ष यादव टोलीसहित प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार गएका हुन्।

चीन भ्रमणमा गएको टोलीसँगै अध्यक्ष यादवले प्रधानमन्त्रीसँग भेटवार्ता गरेका हुन्। प्रधानमन्त्रीसँगको भेटमा फोरम सरकारमा सहभागी हुने विषयमा छलफल भएको बालुवाटार स्रोतको दाबी छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

फोरम नेतृ यादवसहित ठूलो टोली अघिल्लो हप्ता चीनको भ्रमणमा गएको थियो। प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले फोरम अध्यक्ष यादवसँग प्रधानमन्त्रीको वार्ता भएको जानकारी दिए पनि वार्ताको एजेन्डाबारे जानकारी नभएको बताए।

फोरमकै लागि तीन वटा मन्त्रालय खाली राखेर प्रधानमन्त्री ओलीले २२ सदस्यीय मन्त्रिपरिषदको विस्तार गरेका छन्। फोरमले भने संविधान संशोधनको एजेन्डामा प्रधानमन्त्री ओली प्रतिवद्धता आएपछि सरकारमा जाने बताउँदै आएको छ।

अन्नपूर्ण बाट