काठमाडौं, चैत २२ /पोखरा बिश्वबिध्यालय अन्तर्गतको केन्द्रीय क्याम्पस पोखरामा सम्पन्न स्ववियु निर्बाचनमा एमाले भातृ संगठन अनेरास्ववियु बिजयी भएको छ । कुल २ हजार २ सय ८० मतदाता रहेको सो क्याम्पसमा हिजो सम्पन्न निर्वाचनमा १ हजार ७ सय ६९ मत खसेको थियो ।

अन्तिम परिणाम घोषणा हुँदा सभापतिमा अनेरास्वबियुका सुनिल तिमिल्सिना बिजयी भएका हुन । यसैगरी सचिव शुरज परियार, कोषाध्यक्ष प्रकृति दवाडी बिजयी भएका छन । सो क्याम्पसमा उपसभापति, सहसचिवसहित अधिकाशं पदमा अनेरास्ववियु बिजयि भएको छ भने नेबिसंघले दुई सदस्यमा चित्त बुझाउनु परेको छ ।