चर्चित कलाकार तथा सामाजिक अभियन्ता मदनकृष्ण श्रेष्ठलाई पत्निशोक परेसँगै उनी ठूलो शोकमा डुबेका छन् । ६७ वर्षीया यशोदा श्रेष्ठको सोमबार राति उपचारका क्रममा ज्यान गएसँगै आँफैमा बिरामी मदनकृष्णको स्वास्थ अवस्थामा पनि समस्या देखिएको छ ।

मदन विगत ८ वर्षदेखि पार्किगंसन्स रोगबाट ग्रसित छन् । उनले केही वर्षअघि शल्यक्रिया गरेर पेसमेकर राखिएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

जसको ब्याट्री छातिमा राखिएको छ । उनलाई हिँडडुल गर्न समेत गाह्रो बन्दै गएको छ ।२००८ साल पुस १४ गते ललितपुरको कुपण्डोलमा जन्मिएकी श्रेष्ठको मदनकृष्णसँग ३५ वर्षअघि विवाह भएको थियो । श्रेष्ठ दम्पतीका एक छोरा, एक छोरी छन् ।

छोरा यमन पनि कलाकार हुन् । मदनकृष्णका अनुसार ४० वर्षे जागिरे जीवन र छोराछोरीको स्याहार सुसारका कारण यशोदालाई फुर्सद हुँदैन थियो।

टिभी अन्नपूर्ण डट कम बाट