काठमाडौं, २३ चैत। प्रधानमन्त्री केपी शर्मा ओलीलाई नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा गृहमन्त्री राजनाथ सिंहले स्वागत गरेका छन् ।

भारतीय जनता पार्टीका पूर्वअध्यक्ष समेत रहेका गृहमन्त्री सिंहले विमानस्थलमा स्वागत गरेका छन् । प्रधानमन्त्री ओली भारतको तीनदिने राजकीय भ्रमणमा छन् । प्रधानमन्त्री ओली शुक्रबार विहान ५४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारत प्रस्थान गरेका हुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड