कैलाली । घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीमाथि गर्नेहरू धरौटीमा छुटेका छन् ।

अाक्रमणाकारीलार्इ जिल्ला अदालतले धरौटीमा छोड्न आदेशपछि घोडाघोडीकै भरतबहादुर शाह र कमल क्षेत्री, टीकापुरका हृदयराज बोगटी र लम्कीचुहा नगरपालिकाका नरेन्द्र विक रिहा भएका हुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नगरप्रमुख चौधरीमाथि आक्रमण गर्ने ४ जनालाई अदालतले विहीबार जनही ४५ हजार धरौटीमा छोड्न आदेश दिएको हो । घटनामा संलग्न धनगढी उपमहानगरपालिकाका पूर्णप्रसाद खनाल भने साधारण तारेखमा रिहा भएका छन् ।

उनीहरुले फागुन २८ गते साँझ नगरप्रमुख चोधरीमाथि आक्रमण गरेका थिए । नगरप्रमुख चौधरीको काठमाडौंमा उपचार भइरहेको छ ।