नयां दिल्ली २३ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय लगानीकर्ताहरुलाई नेपाल लागानीका लागि भर्जिन ल्याण्ड भएको बताएका छन् । आफ्नो तीन दिने राजकीय भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले भारतीय व्यवसायीहरुबीच अन्तरक्रिया गर्दै नेपाल आर्थिक समृद्धिको मार्गमा अघि बढिसकेकालो भारतीयहरुले ढिलो गरे पछुताउनु पर्ने बताएका हुन् । ओलीले नेपालमा स्थिर र बलियो सरकार भएको बताउंदै अब नेपाल संक्रमणकालमा नभएको स्पष्ट गरेका छन् । निजी क्षेत्र र सरकारकाबीचको साझेदारीमा देशलाई आर्थिक समृद्धिको बाटोमा अघि बढाउने एकमात्र उद्धेश्यमा आफ्नो सरकार अघि बढेको प्रधानमन्त्री ओलीले स्पष्ट गरे । अन्तरक्रियामा भारतीय लगानीकर्ता तथा व्यवसायीहरुले आर्थिक क्रियाकलापमा कर, करको दायरा, अस्थिरता र अन्य विषयमा प्रधानमन्त्री अोलीसंग जिज्ञासा राखेका थिए । आफ्नो सरकारले निजी उद्योग धन्दा कलकारखानालाई राष्ट्रियकरण गर्ने कुनै सोच नरहेको बताउंदै देशभित्रको निजी क्षेत्र र विदेशी लगानीलाई कुनै विभेद नगरिने स्पष्ट गरेका छन् । दई घण्टाभन्दा बढी लामो चलिरहेको अन्तरक्रियाको नेपालबाट एबीसी टेलिभिजनले मात्र एक्सकुुलुसिभ लाइभ गरिरहेको छ । एबिसी नेपाल टिभी
ओलीले भर्जिनल्याण्डभन्दै यसरी ब्यापारी आकर्षित गरे
सवाल नेपालसंवाददाताशुक्रबार, २२ चैत २०७४

ओलीले भर्जिनल्याण्डभन्दै यसरी ब्यापारी आकर्षित गरे
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

यो पनि पढ्नुहोस् »
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु
शनिबार, १० असोज २०८३
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३



