नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको परिवार एक पछि अर्को शोकमा परेको छ ।

माओवादी अध्यक्ष प्रचण्डकी पत्नी सीताका माइला भाई महाप्रसाद पौडेलको शुक्रबार निधन भएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

चितवन निवासी पौडेलको शुक्रबार निधन भएको थियो । शुक्रबारै उनको अन्त्येष्टि गरिएको छ । पौडेल माओवादीका पार्टी सदस्य थिए ।

चितवनको देवघाटमा भएको अन्त्येष्टिमा प्रचण्डका भाइ नारायण दाहालले कम्युनिष्ट पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धान्जली दिएका थिए ।

गएको मंसिरमात्रै प्रचण्ड पुत्र प्रकाश दाहालको हृदयघातबाट निधन भएको थियो । त्यसता सीता दाहालको स्वास्थ्य अबस्था नाजुक बनेको छ । दैनिक नेपाल बाट