दमक/पूर्वाञ्चलमा हुनलागेको सातौँ राष्ट्रिय खेलकुद अन्तरगत झापाको दमकमा तेक्वान्दो प्रतियोगिता हुने भएको छ ।
मुगाधन–कृष्ण कुमारी राई प्रतिष्ठान र सरगरमाथा मल्टि मार्सल आर्टको संयोजन तथा राष्ट्रिय खेलकुद परिषदको आयोजनामा पुष ९ गते देखि दमक स्थित रेडक्रश उपशाखाको सभाहलमा हुने भएको हो । खेलकुद प्रतियोगिता सम्पन्न गर्न मुगाधन–कृष्ण कुमारी राई प्रतिष्ठानकी अध्यक्ष तथा सांसद महेन्द्रा कुमारी सुब्बाले आफ्नो एक महिनाको तलब तेक्वान्दो खेलका लागि खर्च गर्ने हुनुभएको छ । सरगरमाथा मल्टि मार्सल आर्ट अध्यक्ष दिपक धिमालका अनुसार पूर्वाञ्चलबाट छनौट भएका ३० जना तेक्वान्दो खेलाडीलाई अहिले दमकमा बन्द प्रशिक्षणमा राखिएको छ । प्रतियोगितामा सहभागिता जनाउन झापाबाट सरगरमाथा मल्टि मार्सल आर्टका दुई जना खेलाडी छनौट भएका छन् । यसैबीच प्रतियोगितामा हुन सक्ने सम्भावित जोखिम न्युनिकरण गर्न पूर्वाञ्चल आई.टि.एफ. तेक्वान्दो एसोसिएसन र सरगरमाथाका मल्टि मार्सल आर्टको आयोजनामा रक्तदानको आयोजना गरिएको छ । प्रतियोगिता अवधिभरमा खेलाडीलाई चोटपटक लागेर रगत अभाव हुन नदिन रक्तदानको आयोजना गरिएको सरगरमाथा मल्टि मार्सल आर्टका अध्यक्ष दिपक धिमालले बताउनुभयो । रक्ततदानबाट २७ पिन्ट रगत संकलन भएको बताईएको छ । प्रतियोगितामा देशभरिका दुई सय ५० जनाले सभागिता जनाउने बताईएको छ ।



