प्रदेश नम्बर–३ का भौतिक पूर्वाधार मन्त्री केशव स्थापितको घरमा दिनदहाडै चोरी भएको छ ।

काठमाडौँ महानगरपालिकाका पूर्वमेयर समेत रहेका स्थापितको काठमाडौं चाबहिल महांकालमा रहेको घरमा शुक्रबार दिउँसो चोरी भएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रहरीका अनुसार, घटना दिउँसो १ बजेतिरको हो । चोरीको खबर थाहा पाउनासाथ स्थापितको घरमा पुगेर प्रहरीले सुरक्षा र खोजी अनुसन्धान थालेको छ । के कति चोरी भयो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

ढोकामा लगाएको चाबी ढुंगाले फोडेर चोरी गरिएको भेटिएको घटनास्थलमा पुगेका पुगेका प्रहरी निरीक्षक कुमार पण्डित क्षेत्रीले जानकारी दिए ।

-दैनिक नेपाल बाट