पाली पोर्न स्टार बन्ने सपना पालेकी अर्चना पनेरूका श्रीमान अमेरिकन नागरिक वल्फ प्राइस लागू औषध तथा बाल यौन दुराचार गरेको अभियोगमा पक्राउ परेका छन्।

केही समय अगाडि बिहे गरेका उनीहरू बस्दै आएको बलम्बुको एक घरबाट प्रहरीले प्राइसलाई लागूऔषधसहित पक्राउ गरेको काठमाडौं प्रहरीका प्रमुख एसएसपी विश्वराज पोखरेलले जानकारी दिए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले बधुबार बेलुका बलम्बुस्थित उनी बस्दै आएको घरबाट २ सय ग्राम गाँजा र अन्य अवैध लागूऔषधसहित पक्राउ गरेको हो।

प्रहरीले १२ वर्षका दुई बालकलाई समेत प्राइसको कोठाबाट उद्धार गरेको छ। उनीहरु कसरी र किन त्यहाँ आइपुगे भन्ने खुल्न नसकेको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी मोहनकुमार थापाले जानकारी दिए।

साथै उनको कोठाबाट ६० प्याकेट नखोलिएका कन्डम र ठूलो मात्रमा प्रयोग भएको कन्डम तथा उत्तेजित बनाउने ‌औषधिसमेत बरामत भएको छ।

प्रहरीले उनलाई बाल यौनदुराचारमा संलग्न भएको भन्दै कारबाही अगाडि बढाएको छ।

खैरेनीबाट ल्याएर घरमा राखेका दुई बालकलाई प्रहरीले उद्धार गरी बाल हेल्प लाइनलाई जिम्मा लगाएको छ।

उनी पटक-पटक नेपाल आएर बाल यौनदुराचारमा संलग्न भएको प्रहरी अनुसन्धानबाट देखिएको एसएसपी पोखरेलले भने।

‘उनी पटक-पटक अमेरिकाबाट आएर बाल यौन दुराचारमा संलग्न भएको देखियो,’ उनले भने,‘अनुसन्धान भइरहेको छ।’ सेतो पाटि बाट साभार