प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबारदेखि भारतको तीनदिने राजकीय भ्रमणमा छन्। दोस्रो पटक प्रधानमन्त्री बनेका ओलीले आफ्नो पहिलो विदेश भ्रमण भारतबाटै गरेका छन्। पहिलो पटक प्रधानमन्त्री हुँदा नाकाबन्दीका कारण भारतसँग खरोरुपमा प्रस्तुत भएका ओलीको यो भ्रमणलाई दुई देशबीचको सम्बन्ध सुधारको कोशेढुंगाका रुपमा समेत हेरिएको छ।

नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा ५४ सदस्यीय भ्रमण टोलीसहित शुक्रबार बिहान ११ बजे उत्रिएका प्रधानमन्त्री ओलीको दिन निकै व्यस्तसँग बित्यो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रधानमन्त्री ओलीको भारत भ्रमणको पहिलो दिन कस्तो रह्यो?

– बिहान ९ बजे नेपालबाट भारत प्रस्थान।

– बिहान ११ बजे इन्दिरा गान्धी अन्र्तराष्ट्रिय विमानस्थलमा भारतीय गृहमन्त्री राजनाथ सिंहद्वारा स्वागत।

– दिउँसो १ बजे भारत र नेपालका व्यापारिक समूहसँग करिब २ घन्टा अन्र्तक्रिया एवं छलफल। प्रधानमन्त्री ओलीले भारतीय लगानीकर्तालाई नेपालमा ठूलो मात्रा लगानी गर्न आग्रह। नेपाल किन लगानीमैत्री छ भन्नेबारे २५ बुँदे आधार प्रस्तुत।

– बेलुकी ५ बजे भारतीय कांग्रेस आईका अध्यक्ष राहुल गान्धी, पूर्व प्रधानमन्त्री मनमोहन सिंह सहितको टोलीसँग भेटवार्ता। प्रधानमन्त्री ओली बसेको होटल ताजमा कांग्रेस आइको डेलिगेसन टोलीसँग दुई देशका विविध आयाममाथि छलफल।

– भारत स्थित नेपाली राजदूतावासले आयोजना गरेको कार्यक्रममा भारतमा रहेका नेपाली समुदायलाई सम्बोधन।

– बेलुकी ७ बजे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग लोक कल्याण मार्गस्थित उनकै निवासमा अनौपचारिक भेट। करिब डेढ घन्टा वार्ता।

भारतस्थति नेपाली राजदूतावासमा सम्बोधन गर्दै प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीले शनिबार भारतीय राष्ट्रपति रामनाथ कोबिन्दलाई भेट्ने छन्। राष्ट्रपति निवासमा प्रधानमन्त्री ओलीलाई सलामी अर्पण गरिनेछ।

यसैगरी शनिबार नै प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच दुई पक्षीय औपचारिक वार्ता हुनेछ। नेपाल लाइभ