पाल्पा – संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारले तोकेको ठाउँमा जान नचाहने कर्मचारीलाई जागिर छोड्नुपर्ने बताएका छन् ।

पाल्पाको तानसेनस्थित मदनपोखरामा सञ्चालित सामुदायिक रेडियोे मदनपोखराको २० औँ वार्षिकोत्सवमा उनले सरकारले पठाएको ठाउँमा जान नचाहने र अटेरी गर्ने कर्मचारीलाई जागिर छोडेर जान उपयुक्त हुने बताए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मन्त्री पण्डितले भने, “अटेरी गरेर बसिरहने हो भने जागिर छोडेर जाँदा राम्रो होला, त्यस ठाउँमा नयाँ पुस्ताका कर्मचारीबाट नयाँ ढंगबाट काम लिइन्छ ।”

निर्वाचित जनप्रतिनिधिलाई समेत आफ्नो सेवा र सुविधामा मात्र ध्यान नदिई जनताको सेवामा समर्पित हुन पनि उहाँले आग्रह गरे ।

पूर्वमन्त्री सोमप्रसाद पाण्डेयले दक्षिण एसियाकै पहिलो सामुदायिक रेडियो मदनपोखराले जनयुद्धमा पनि अनेक धम्की आउँदासमेत जनताको सु सूचित हुने अधिकारको प्रवर्द्धनका लागि अटल भएर कार्य गरेकोमा प्रशंसा गरे ।