प्रधानमन्त्री केपी ओलीले भारतीय राष्ट्रपति रामनाथ कोविन्दसँग भेटवार्ता गरेका छन्।
राष्ट्रपति कोविन्दसँग करिब २० मिनेट भेवार्ता भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिए।
अर्यालका अनुसार शनिबार बिहान १० बजे भएको भेटवार्तामा निर्वाचनपछिको नेपालको राजनीतिक घटनाक्रम, विकास र समृद्धि, बाढी नियन्त्रण, क्रस बोर्डर क्राइमजस्ता विषयमा कुराकानी भएको थियो।
प्रधानमन्त्री ओलीले नेपालमा संघीयता लागू हुने चरणमा रहेको तथा निर्वाचनपछि संविधान कार्यान्वयनमा गइसकेको र बलियो सरकारको गठनसँगै नेपालको विकास र समृद्धि मुख्य प्राथमिकतामा रहेको राष्ट्रपति कोविन्दलाई जानकारी गराएका थिए।
-नेपाल खबर बाट









