२४ चैत- भारत काठमाडौंसम्म रेलवे लाइन विस्तार गर्न सहमत भएको छ ।

भारतको तीनदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच शनिवार भएको वार्तामा रेलवे लाइन काठमाडौंसम्म विस्तार गर्ने सहमति भएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

एक्लाएक्लै र प्रतिनिधिमण्डल स्तरमा भएको वार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा मोदीले काठमाडौंदेखि भारतसम्म रेल विस्तार गर्ने सहमति भएको बताएका हुन् ।

विगतमा पनि भारतले काठमाडौंसम्म रेल्वे लाइन जोड्ने आश्वासन दिँदै आएको थियो ।