एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले वैशाख ९ गते एमाले र माअाेवादीबीचकाे एकीकण निश्चित भइसकेकाे बताएका छन् । कम्युनिस्ट नेता लेनिनकाे जन्मदिन अर्थात् अप्रिल २२ का दिन पारेर पार्टी एकीकरण गर्ने तयारीमा रहेकाे एमाले र माअाेवादी पर्वत काठमाडौं सम्पर्कमञ्चले अायाेजना गरेकाे कार्यक्रममा बताएका हुन् ।

उनले राजनीतिक प्रतिवेदन र सांगठनिक प्रतिवेदन पार्टी एकीकरण संयाेजन समितिलाई बुझाइसकेकाे नेपालले बताए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

‘दुई पार्टी एकीकरणका लागि लगभग तयारी पूरा भएकाे छ। कुनै अफवाह र हल्लाका पछाडी नलाग्नुस्,’ उनले भने, ‘केही प्रवाधिक विषय मात्रै मिल्न बाँकी हाे ।’

उनले वैशाख ९ गते दुई पार्टीका लाखाैं नेता कार्यकर्तालाई टुँडिखेलमा हुने एकीकरणमा सहभागी हुन अाह्वान गरे । ‘पार्टीको एकीकरणकाे एेतिहासिक कार्यक्रम लाखौंकाे उपस्थितिका साथ टुँडिखेलमा हुँदैछ,’ उनले भने, ‘कुनै अाशंका नगरी सबैलाई उपस्थित अाग्रह गर्दछु । साझापोस्ट