प्रहरीले लागुऔषध ओसारपसारमा कडाइ गरेपछि यसमा संलग्नहरुले नयाँनयाँ उपाय अवलम्बन गर्ने गरेको पाईएको छ । युवायुवतीहरुले गोप्य अंगमा लुकाएर ल्याउने देखि लिएर हातखुट्टा भाचिएको भन्दै ‘व्यान्डेज’ बाँधेर त्यो भित्र हालेर ल्याउनेसम्मका उपाय अपनाउने गरेको बताइन्छ ।

यस्तै एक युवतीले आफ्नो मुखमा नै हालेर ब्राउन सुगर हालेर ल्याउदै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ । मुखमा राखेर पनि व्राउनसुगरको ओसारपसार गरिएको प्रहरीले पहिलो चोटी पाएको प्रहरीको भनाइ रहेको छ । लागु औषध भित्र्याउने यो अनौठो र नयाँ तरिकाको बिषयमा यसभन्दा अगाडि प्रहरीले आँकलन गरेको थिएन ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पूर्वी नाका मेचीनगर नगरपालिका–६ हिकोला मोडबाट प्रहरीले मुख भित्र लुकाएर ल्याउदै गरेको ब्राउन सुगरसहित शिवशताक्षी नगरपालिका–११ की २७ वर्षीया एक युवती पक्राउ गरिएको बताएपनि नाम सार्वजनिक गरिएको छैन । इलाका प्रहरी कार्यालय काकडभिट्टा श्रोतका अनुसार पेसेवर लागुऔषध ओसारपसारकर्ता भएको हुनसक्ने भएकाले अनुसन्धान जारी रहेको छ ।

ति युवतीलाइ १ ग्राम २ सय मिली ग्राम लागु औषध ब्राउन सुगरसहित पक्राउ गरिएको हो । लागूऔषध नियन्त्रण व्युरो काँकडभिट्टाबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेर इलाका प्रहरी कार्यालय काकडभिट्टा बुझाएको हो । पछिल्लो समय सिमामा युवाहरुलाइ बढि शंका हुनेभएपछि युवतीहरु लागुऔषध ओसारपसारमा सक्रिय रहेको पनि प्रहरीको अनुमान रहेको छ ।

यसभन्दा अगाडि झापाको दमकबाट बिहिबार लागु औषध कारोबारी एक युवा ९ ग्राम ब्राउन सुगर सहित पक्राउ परेका थिए । पक्राउ परेका दमक ७ हाटखोलाका ध्रुव कुमाललाइ प्रहरीले मुद्धा चलाएको इलाका प्रहरी कार्यालय दमकका प्रमुख दीपक गिरीले बताउनु भएको छ ।