आज भोली यौनवद्र्धक औषधिको प्रयोग अधिक मात्रामा बढिरहेको छ । कतिपयले ती औषधिको सेवनबाट पैसामात्र खेर जाने र स्वास्थ्यलाई पनि असर पार्ने महसुस गरेका छन् । ती महंगा औषधीको प्रयोग नगरेर हामै् गाउँ घर अथवा किचनमा हामीले दैनिक प्रयोगमा ल्याइरहेका खानेकुरा बाट यौन क्षमता बढाउन सकिने सुझाव दिएका छन् ।

गाजरः गाजर काँचो र पकाएर दुबै तरिकाबाट खान सकिन्छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

गाजरले पाचन सक्रियता बढाउनुको साथै यौन इच्छा जागरणमा पनि सहयोग पुग्छ । गाजरमा हुने भिटामिनले स्नायु संयन्त्र बलियो बनाउँछ । यसको नियमित सेवनबाट शारीरिक तन्दुरुस्ती हुनुको साथै यौन क्षमता बढाउन पनि सहयोग पुग्दछ ।

अदुवाः मसलाको माध्यमले पनि यौन क्षमता बढाउन सकिन्छ । दर्जनौ रोगको उपचारमा उपयोगी अदुवाले रक्तसंचार प्रणालीमा विशेष सहयोग गर्दछ । रक्तसंचारको सबलीकरणले यौन क्रियाकलापमा पनि टेवा पुग्छ । उपयुक्त रक्तसंचारबाट यौन जागृत गराइदिन्छ ।

महः मह एक बहुगुणी खाद्य पदार्थ हो । यसले रोग प्रतिरोधात्मक क्षमता बढाउन तथा पाचन प्रणाली आदिमा सहयोग गर्दछ । साथै, यो एक यौनवद्र्धक सामाग्रीको रुपमा पनि खान सुझाइएको छ । यसमा एमिनो एसिड र कार्बोहाइड्रेट प्रचूर मात्रामा पाइन्छ । यसको नियमित सेवनबाट यौन क्षमतावृद्धि हुने बताइएको छ ।

चकलेटः चकलेट मन नपराउने सायदै कम होलान । चकलेट सेवनले यौन जागरणमा टेवा दिन्छ । चकलेटले मस्तिष्कको यौन हर्मोन जागृत गराइदिन्छ । सर्स्यूँ स् सस्र्यूँको सेवन पनि यौनवद्र्धक मानिन्छ । यसको नियमित सेवनबाट यौन चाहनावृद्धि हुन्छ । यसले यौन ग्रन्थी सक्रिय पारिदिन्छ ।

लसुनः लसुनले रोग प्रतिरोधात्मक क्षमता बढाउने गर्दछ । साथै, यौन क्षमता वृद्धिमा पनि लसुनको सेवन लाभदायक मानिन्छ ।