काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो तीन दिने भारतको राजकीय भ्रमण पूरा गरी स्वदेश फर्किएका छन्। प्रधानमन्त्री ओली साँझ साढे ७ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेका हुन्।

प्रधानमन्त्री ओलीले विमानस्थलमा पत्रकार सम्मेलन गर्नेछन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रधानमन्त्री अाेलीलाई स्वागत गर्न सभामुख कृष्ण महरा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना, रक्षामन्त्री ईश्वर पाेखरेल र गृहमन्त्री रामबहादुर थापा 'बादल' विमानस्थल पुगेका छन्।

प्रधानमन्त्री ओली गत शुक्रबार भारत भ्रमणमा गएका थिए। ५४ सदस्यीय भ्रमण टोलीको नेतृत्व गर्दै भारत भ्रमणमा गएका प्रधानमन्त्री ओलीले त्यहाँ रहँदा महत्वपूर्ण भेटघाट गरेका थिए।