जिल्ला शिक्षा कार्यालय बर्दियाको कार्यालयभित्रै जाँड पार्टी गरेको तथ्य भेटिएको छ । कार्यालय समयमानै वियर, मासु, चिउरा तथा भोड्का पिएको तस्वीर यति खेर सामाजिक संजालमा भाईरल भएको छ ।
यस विषयमा बर्दियाका जिल्ला शिक्षा अधिकारी ज्ञान मणी नेपाल संग जिज्ञासा राख्दा भाईरल भएको यो तस्विर अहिलेको नभएर २०१६ अप्रिल ५ तारिखको भएको र यसमा आफ्नो कुनै संम्लग्नता नरहेको तथ्य प्रष्ट पारे ।
तत्कालिन जिल्ला शिक्षा अधिकारी जित बहादुर शाहको कार्यकालमा यस्तो कार्य भएको उनले बताए । यसबारे अन्य भ्रममा नपर्न समेत उने स्पष्ट पारे ।यसै विषयमा तत्कालिन जिल्ला शिक्षा अधिकारी शाह संग जिज्ञासा राख्दा सोकार्य कार्यलयको एक कर्मचारी केशव पोखरेल उपसचिवमा बढुवा हुँदा त्यसको खुसियालिमा गरेको स्विकार गरे ।
साथीहरुले खुसियालिमा केहि रमाईलो गरौँन भन्ने प्रस्ताव गर्दा त्यसमा कार्यलयका सबै कर्मचारीहरु सम्मीलत भएर साँझ पार्टी गरेको उनले भने । यो घटनालाई केहि साथीहरुले अतिरञ्जीत गर्न खोजेको समेत उनले गुनासो गरे। हामीले कार्यलय प्रमुख भएकोले यसको जिम्मा लिनु पर्दैन भनेर सोध्दा उनले यो विषयलाई ठुलोरुपमा लिन नहुने बताए ।
आन्तरिक कर्मचारीहरु मिलेर खुसियालि मनाएको र सबै साथिहरु कार्यलयकै वरिपरि डेरा गरि बस्ने भएकोले कार्यलयको सभाहलमा भोज गरेको बताए ।
भोज रातीको समयमा भएको र यस विषयमा केही साथीहरुले सुनियोजित रुपमा बिहान सबै बोतलहरु एक ठाँउमा जम्मा गरि फोटो खिचेको र यसलाई बारगेनिङको बाटो बनाएको बताए । यस बिषयमा मन्त्रालयले मौखिक स्पष्टिकरण लिए पनि तत्कालिन समयमा कुनै कारवाही नगरिएको तथ्य फेला परेको छ ।टिभिअन्नपूर्ण










