काठमाडौं, चैत २५ तीन दिने राजकीय भारत भ्रमण पुरा गरी आइतबार काठमाडौं आइपुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारतबीच नसुझिएका विषय उल्छान्ने नभई गम्भीर वार्ताबाट समाधान गर्दै जाने बताएका छन् ।

प्रधानमन्त्री ओलीले यदि कसैले नबिगारे दुई देशको सम्वन्ध राम्रो हुँदै जाने बताए । उनले भने, ‘तस्वीर आफैं बोल्छ, धेरै केही भन्नु पर्ला जस्तो मलाई लाग्दैन ।’उनले अघि भने, ‘विगारेन भने सँधैका लागि राम्रो हुँदै जान्छ । अब कसैले विर्गाछ भने त के लाग्छ र । तर, हामी बिगार्दैनौं, सकारात्मक ढंगले अघि बढ्छौं ।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नेपाल र भारतबीच विश्वासमा अभिवृद्ध भएको बताएका छन्। भारत भ्रमणबाट स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्री ओलीको वक्तव्य सुनाउँदै दुवै देशबीच विश्वासको वातावरण बनेको उल्लेख गरेका हुन्।

स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले त्रिभुवनस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै आफ्नो भ्रमण सफल भएको दाबी गरे । उनले भने, ‘मेले केही भनिरहनै पर्दैन, तस्बिर आफैँ बोल्छ, कसैले बिगारेन भने नेपाल–भारत सम्बन्ध सधैँका लागि सुधारिएको छ ।’

उनले थपे, ‘हामी सम्बन्ध बिगार्न चाहँदैनौं । कयौ कुराहरु लिखित मै आइसकेका छन् । नआएका कुराहरु अनावश्यक रुपमा उछाल्न हुँदैन ।’

प्रधानमन्त्री ओलीले आफ्नो भ्रमण कुनै बनावटी होइन र देखावटी नभएको दाबी गर्दै भने, ‘एक मित्रको निमन्त्रणामा लोकतान्त्रिक प्रणाली र जनमत लिएर गएको हो । भारतले स्वागत गर्यो ।’

उनले भारतसँग भएको सहमति बारे भने, ‘काठमाडौं रेल आउने कुरा भएको छ । नदीबाट आवागमनको प्रबन्ध मिलाउँदै छौं । सीमा विवादलगायतका विषयमा गम्भीर कुरा भएको छ । कृषिको आधूनिकीकरणको विषयमा कुरा भएको छ ।’

आफूले मित्रता खुलस्त, खुलापन, पारस्पिरिक सम्बन्ध, सर्वभौमिता, दुवै देशको हित र पारस्पिरिक लाभको आधारमा हुने पनि भारतीय पक्षसँग खुलस्त राखेको ओलीले बताए । ओलीले भने, ‘न्यायोचित बाहेक अरु ढंगबाट सञ्चालन गर्न खोजे यो राम्रो हुँदैन । मैले मोदीजीलाई पनि यही कुरा राखें ।’

एक्काइसौं शताब्दीमा छिमेकी मुलुक र अन्य विश्वसँग कसरी सम्बन्ध राख्ने भनेर प्रष्टसँग राखेको पनि ओलीले बताए । प्रधानमन्त्री ओलीको भारतीय समकक्षी नरेन्द्र मोदीसँगको भेटमा सम्बन्ध सुधारका विविध आयामका विषयमा विषयमा कुरा गरिएको बताए । उनले भूकम्पपछिको पुननिर्माणको लागि भारतीय प्रतिवद्धता, पञ्चेश्वर जस्ता परियोजना अघि बढाउने विषयमा पनि भारतीय पक्षसँग छलफल गरिएको जानकारी दिए ।

विगतका परियोजना अघि बढाउन सरकारले अव भारतसँग गम्भिर वार्ता गर्दै अघि बढाउने प्रधानमन्त्री ओलीको योजना छ ।

वक्तव्यमा भनिएको छ, -भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको औपचारिक वार्तामा विगतमा भएका सम्झौता र सन्धि कार्यान्वयनका पक्षमा हामीले जोड दिएका छौं।यस्तै, विषयगत रुपमा नेपालको व्यापार घाटा न्यूनीकरण गर्ने र पञ्चेश्वर परियोजना अघि बढाउने विषयमा ठोस कुराकानी भएको उल्लेख गरिएको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा यही चैत २३ गते भारत गएका प्रधानमन्त्री ओलीले त्यहाँ रहँदा भारतको राष्ट्रपति, प्रधानमन्त्री लगायत विभिन्न नेताहरुसँग भेटवार्ता गरेका थिए।उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले स्वागत गरेका थिए ।

प्रधानमन्त्री ओलीको भारत भ्रमणको क्रममा वीरगञ्जस्थित एकीकृत भन्सार जाँच चौकीको उदघाटन गरिएको थियो । प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीले संयुक्त रुपमा स्विच थिचेर उदघाटन गरेका थिए । त्यसैगरी मोतिहारी अमलेखगञ्जसम्मको पेट्रोलियम पाईपलाईन विस्तारको पनि उद्घाटन गरिएको छ ।

भारत भ्रमणकै अवसरमा प्रधानमन्त्री ओलीलाई गोविन्द बल्लभ पन्त कृषि एवम प्रोद्योगिक विश्वविद्यालयले विद्यावारिधिको उपाधि समेत प्रदान गरेको थियो । भारत बसाईका क्रममा प्रधानमन्त्री ओलीले भारतीय उद्योगीहरुसँग सामूहिक छलफल गरी नेपालमा लगानी भित्र्याउन पनि आग्रह गरेका थिए ।

प्रधानमन्त्री ओलीले भारत भ्रमणमा रहँदा समकक्षी नरेन्द्र मोदी, राष्ट्रपति, उपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, मन्त्री, व्यापारी र विभिन्न राजनीतिक दलक नेतासँग भेटघाट गरेका थिए ।

प्रधानमन्त्री ओली साँझ साढे ७ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेका हुन्। प्रधानमन्त्री ओली गत शुक्रबार भारत भ्रमणमा गएका थिए। ५४ सदस्यीय भ्रमण टोलीको नेतृत्व गर्दै भारत भ्रमणमा गएका प्रधानमन्त्री ओलीले त्यहाँ रहँदा महत्वपूर्ण भेटघाट गरेका थिए।