सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका ९ ज्यामिरेको झिल्के मोड भन्ने ठाउँमा बोलेरो गाडी दुर्घटना हुँदा चालक सहित ३ जनाको मृत्यू भएको प्रहरीले जनाएको छ । बेलुका ८ बजे तिर मेलम्चीबाट सिमेन्ट लिएर रातमाटे जाँदै गरेका बा १८ प ४६९९ नम्बरको बोलेरो गाडी सडक बाट करिब ३५० मिटर तल भिरमा खसेको थियो ।

दुर्घटनामा परि मुत्यूहुनेहरुमा चालक अन्दाजी ३५ वर्षिय ज्यामिरेका सुरेश तामाङ, ज्यामिरेकै ४२ वर्षिय मोती अधिकारी र १२ वर्षिय कमल स्यङ्बोको घटनास्थलमै मृत्यू भएको प्रहरीले जनाएको छ । बढी लोड बोकेका कारण मोडमा ब्रेक नलागेर गाडी दुर्घटना भएको इलाका प्रहरी कार्यलयका सइ श्रीराम केसीले जानकारी दिनुभएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

त्यस्तै हेलम्बु गाउँपालिका एक तिम्बुमा बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । काठमाडौँ बाट हेलम्बुको तिम्बुका लागी छुटेको ६३६५ नम्बरको हेलम्बु यातायातको बस गयराती साँढे १० बजे तिर बसपार्क तिम्बु नजिकै दुर्घटना भएको हो । दुर्घटनामापरि बसका सहचालक इन्द्रावती गाउँपालिका बाँडेगाउँका महेन्द्र भुजेलको मृत्यू भएको इलाका प्रहरी कार्यलयका सइ श्रीराम केसीले जानकारी दिनुभएको छ । बसमा सवार चारजना घाइतेको उपचारका लागी रातीनै धुलीखेल अस्पताल पुर्याइएको छ । छलफल बाट