काठमाडौं । एमाले र माओवादी केन्द्रले बाम एकता प्रक्रियाबारे आजदेखि पुनः छलफल शुरु गर्दैछन् । प्रधानमन्त्री केपी ओली भारतको ३ दिने औपचारिक भ्रमणबाट स्वदेश फर्किए लगत्तै पार्टी एकताबारे छलफल हुन लागेको हो । प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले आगामी बैशाख ९ गतेभित्र पार्टी एकता गर्ने सहमति भईसकेकाले विवादित केही विषयमा आजैबाट छलफल हुने जानकारी दिए ।

राजनीतिक र सांगठनिक तथा विधान कार्यदलले एकता सम्बन्धी प्रतिवेदन बुझाएपनि निर्वाचन चिन्ह लगायत केही बिषयमा अझै सहमति जुटिसकेको छैन । मुख्य सल्लाहकार रिमालले एकता संयोजन समितिको छिट्टै बस्ने बैठकले एकता प्रक्रियालाई टुङ्ग्याउने जानकारी दिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

त्यसअघि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच सम्भवतः आज भेट हुने नेताहरुको भनाई छ । यसअघि प्रधानमन्त्री ओली भारत भ्रमणबाट फर्किए लगत्तै पार्टी एकताबारे ठोस सहमतिमा पुग्ने एकता संयोजन समितिले निर्णय गरेको थियो ।