दमक/ युवा संघका युवा नेता पर्शुराम बस्नेतले सफाइ पाएकाछन् । अकुत सम्पती कमाएको भन्दै उनलाइ बिशेष अदालतमा मुद्धा हालिएको थियो । बस्नेत युवा संघका सचिब हुन् ।
अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा सदस्यद्वय रत्नबहादुर वागचन्द र नारायणप्रसाद पोखरेलको इजलासले सफाइ दिएको अदालतका प्रवक्ता नगेन्द्रकेशरी पोखरेलले जानकारी दिएकाछन् ।
बस्नेतसहित उनकी श्रीमती अञ्जुसिंह बस्नेतलाई सफाइ दिएको हो । सम्पत्ति शुद्धीकरण विभागले २०७० जेठ ५ गते सम्पत्ति शुद्धीकरणअन्तर्गत ११ करोड ६१ लाख ४१ हजार ९७७ आर्जन गरेको भन्दै बिगोसहित अदालतमा मुद्दा दायर गरेको थियो । आफूले सफाइ पाएपछि बस्नेतले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो प्रतिक्रिया यसरी लेखेकाछन्
आज एउटा सत्य को जित भयको छ मेरो राजनीतिक र सामाजिक जीवन नै समाप्त पार्न को लागि राजनीतिक प्रतिसोध मा षड्यन्त्र गरि सम्पत्ति शुद्धिकरण को नाममा बेनामे उजुरी मार्फत झुट्टा मुद्दा ८ बर्ष अगाडि नाटकिय रूपमा दर्ता भयको थियो त्यो झुट्टा मुद्दा दर्ता भएको दिन देखि मेरो बारेमा विभिन्न उपनाम दियर भ्रामक समाचार समेत सम्प्रेषण भय तर मैले कुनै दिन पनि पिडाबोध गरिन र एक दिन सत्य को जित हुन्छ भन्ने बिश्वास का साथ कानुनी लडाइ लडिरहेको थिए मेरो कानुनी लडाइ ले आज जित हासिल गर्यो यो जित सामान्य जित होइन असत्य माथी सत्यको जित हो सारा नेपाली युवाहरू र युवा आन्दोलन को जित हो यो जित ले मलाइ धेरै सिकायको छ मेरो जितमा रमाउने र बधाई दिने सबैमा हार्दिक आभार साथै
अन्तिम सम्म सत्यको लडाइँमा अहोरात्र लाग्नु हुने मेरा कानुनी सल्लाहकार र सधैभरि यो झुट्टा मुद्दा्को विपक्ष मा लाग्नुहुने मेरा आदर्श ब्याक्तित्व हरु समर्थक शुभचिन्तक उधोगी ब्याबसाही आफन्त जन प्रत्रकार बन्धु हरु सबैलाई मेरो मुटुको गहिराइ बाट हार्दिक नमन गर्दछु ।। आउँदा दिनहरूमा कुनैपनि निर्दोष ले झुट्टा मुद्दा खेप्नु न परोस्










