काठमाडौं, २६ चैत । नेपाल भूपरिवेष्ठित देश भएका कारण समुन्द्रसंग कुनै सिमाना छैन तर प्रधानमन्त्री केपी शर्मा ओलीले भने कोशी नदीबाट पानीजहाज चलाएर भारत हुँदै हिन्दमहासागर पुर्याउने समझदारी गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको क्रममा नेपाल र भारतले १२ बुँदे संयुक्त वक्तव्य जारी गरेका छन् । वक्तव्यमा तीन नयाँ समझदारी समेटिएका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

जलमार्गसम्बन्धी समझदारी अनुसार नेपालले अब कार्गोहरूको ढुवानी जलमार्ग मार्फत् गर्न पाउने छ । समझदारीमा भनिएको छ – ‘व्यापार तथा पारवान सम्झौताअन्तर्गत रहेर जलमार्ग मार्फत कार्गो ढुवानीका लागि भारतले नेपाललाई समुन्द्रसम्मको पहुँच दिने ऐतिहासिक समझदारीमा दुई प्रधानमन्त्री सहमत छौं ।’

अन्तर्देशिय जलमार्गका विषयमा दुई देशका प्रधानमन्त्रीले ऐतिहासिक निर्णय लिएको भन्दै समझदारीपत्रमा व्यापार तथा पारवहन व्यवस्थाको अधिनमा रहेर दुई देशमा सामान ओसार पसार गर्न अन्तर्देशीय जलमार्गको विकास गर्ने उल्लेख गरिएको छ ।

‘नेपाल र भारतका प्रधानमन्त्री अन्तर्देशीय जलमार्गको सम्भावनालाई स्वीकार गर्दै यसलाई आर्थिक विकासमा सहयोगी बनाउन सहमत भएका छन्’ समझदारी पत्रमा भनिएको छ ।

अन्तर्देशीय जलमार्गको व्यवस्थाले नेपाललाई समुद्रसम्मको पहुँच दिने पनि समझदारी पत्रमा उल्लेख गरिएको छ । यसले सामान ओसार पसारमा सहज हुनुका साथै लागतसमेत घटाउने छ ।

https://youtu.be/fNxcEevnuJc

न्यूज अभियान बाट साभार