काठमाडौं, चैत २६

राष्ट्रपति बिद्यादेवी भण्डारीले आजबाट सामाजिक सञ्जाल ट्वीटरको थालनी गर्नुभएको छ । सोसल मिडियाबाट आम नेपाली नागरिकमाझ आफ्नो सन्देश पुर्याउन राष्ट्रपति भण्डारीले आजबाट यस्को प्रयोग गर्नुभएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

राष्ट्रपति भण्डारीको आधिकारिक ट्वीटर एकाउन्ट एटप्रेसिडेण्टअफएनपी @PresidentofNP रहेको छ ।

उहाँले पहिलो ट्वीट गर्दै भन्नुभएको छ, ‘सम्पूर्ण बालबालिकालाई शिक्षाको पहुँचमा पुर्याउने नेपाल सरकार र सम्बद्ध सबै पक्षको प्रयासको सराहना गर्दै सफलताको शुभकामना ।’