मोरङमा चट्याङ लागेर र सुनसरीमा लडेर साेमबार दुई जनाको मृत्यु भएको छ ।

मोरङको जहदा गाउँपालिका–१ मा पानीसँगै परेको चट्याङ लागेर स्थानीय ७० वर्षीय रामु मरण्डीको सोमबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ । घरैमा रहेका मरण्डीको चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यसैबीच, सुनसरीको इटहरी उपमहानगरपालिका–१८ रहीपुरमा बिजुलीको खम्बाबाट लडेर स्थानीय ५० वर्षीय दयाराम चौधरीको मृत्यु भएको छ । घर अगाडिको बिजुली खम्बामा भर्‍याङ लगाएर चढ्ने क्रममा लडेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । कान्तिपुर दैनिक डट कम बाट