काठमाडौं । सरकारले आज नेपाल प्रहरी र सशस्त्र प्रहरीको आईजीपी नियुक्त गर्ने भएको छ । यसका लागि अहिले सिंहदरबारमा मन्त्रिपरिषदमा बैठक बसिरहेको छ ।
बैठकले नेपाल प्रहरीमा सर्वेन्द्र खनाल र सशस्त्र प्रहरीमा शैलेन्द्र खनाललाई आईजीपीमा नियुक्त गर्ने सम्भावना छ । दुबै संगठनका आईजीपीले भोलि रातिदेखि अनिवार्य अवकाश पाउने भएकाले अवकाशको अघिल्लो दिन सरकारले नयाँ आईजीपी नियुक्त गर्न लागेका हो ।
सर्वेन्द्र खनाल डीआईजीमा वरिष्ठतामा एक नम्बरमा छन् । यसैगरी सशस्त्र प्रहरीमा शैलेन्द्र खनाल वरिष्ठतामा एक नम्बरका एआईजी हुन् । अरु भन्दा १० महिना १९ दिन अगाडि एआईजी बनेका उनी सशस्त्रका एक्ला दाबेदार हुन् । यद्यपी, एआईजी पुष्पराम केसी पनि आईजीपी बन्न ज्यान छाडेर लागेका छन् ।
मन्त्रिपरिषद बैठक बसिरहँदा सशस्त्र मुख्यालयमा भने केसी आईजीपी बन्ने हल्ला चलाइएको छ । आईजीपी सिंहबहादुर श्रेष्ठलाई भने भोलि बिदाइ गर्ने कार्यक्रम तय भइसकेको छ । न्यूज २४ नेपाल टिभी बाट










