काठमाडौं– नेपाल प्रहरी र सशस्त्र प्रहरीमा आइजिपी नियुक्ति प्रक्रिया अघि बढाउन प्रधानमन्त्री केपी शर्मा ओलीले छलफल अघि बढाएका छन्।

छलफलका लागि ओलीले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा गृहमन्त्री रामबहादुर थापालाई बोलाएका छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बुधबारदेखि नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवैले अवकाश पाउन लागेकाले मंगलबार नै सरकारले दुवै सरकारमा नयाँ आइजिपी बढुवा गर्न लागेको हो। एमाले र माओवादीबीच कुरा नमिल्दा मंगलबार बिहानको मन्त्रिपरिषद् बैठकमा यससम्बन्धी प्रस्ताव पेश भएन। कुरा मिलेमा आइजिपी नियुक्तिका लागि मंगलबार नै मन्त्रिपरिषद्को अर्काे बैठक बस्ने सम्भावना रहेको प्रधानमन्त्री निकट एक अधिकारीले बताए।

प्रधानमन्त्री ओलीले माओवादी केन्द्रका प्रचण्डसँग पनि यस विषयमा छलफल गरिरहेका छन्।

स्रोतका अनुसार ओलीले पुष्कर कार्कीको प्रस्ताव गरेकोमा प्रचण्डले सर्वेन्द्र खनालको नाम लिएपछि कुरा नमिलेको हो। केही व्यक्तिहरुले तेस्रो विकल्पमा रुपमा रमेश खरेलको नाम लिएका छन्। नेपाल लाइभ बाट