पोखरा : पोखरा विमानस्थलमा यति एयरलाइन्सको जहाजको ह्विल लक भएपछि सबै उडान प्रभावित भएका छन् । विमानस्थलको रनवेमा ह्विल लक भएर जहाज रोकिँदा उडान प्रभावित भएको विमानस्थलका सूचना अधिकारी काशिनाथ पौडेलले जानकारी दिए ।

अहिले लक खोल्ने प्रयास भइरहेको छ । रनवेमा रोकिएको जहाजलाई पार्किङ स्थलमा पुर्याएर उडान सञ्चालन गर्ने तयारी भइरहेको भए पनि त्यो सफल भएको छैन ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

‘यहाँको प्राविधिक टोलीले लक खोल्न नसकेपछि सानो जहाजमा काठमाडौंबाट प्राविधिक टोली ल्याउने तयारी भइरहेको छ’, सूचना अधिकारी पौडेलले भने । अन्नपूर्ण पोस्ट बाट