काठमाडौं । मन्त्रिपरिषद् बैठकले नेपाल सरकारका सहसचिव डिल्लीराज घिमिरेलाई सचिवमा बढुवा गरेको छ । बढुवा गरेसँगै प्रधानमन्त्री कार्यालयको सचिव बनाएको छ ।

त्यस्तै प्रधानमन्त्री कार्यालयका सचिव राजीव गौतमलाई कानुन मन्त्रालयमा सरुवा गर्ने निर्णय गरेको सञ्चार राज्यमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए । यसअघि सरकारले ३० सचिवको सरुवा गरेको थियो । उक्त सरुवा प्रकरणपछि माओवादी मन्त्रीहरुले तीब्र असन्तुष्टि जनाएका थिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बैठकले नयाँ शैक्षिक सत्रमा भर्ना अभियानलाई प्रभावकारी बनाउनको लागि प्रधानमन्त्रीदेखि, राजनीतिक दलका नेता, कलाकार बुद्धिजीवि, पत्रकारलगायत समाजका हरेक तह र तप्काका व्यक्तिलाई एक बच्चा विद्यालयसम्म पुर्याउनको लागि पहल गर्न समेत आह्वान गरेको छ । केन्द्रबिन्दु बाट साभार