२७ चैत – नेपालका लागि पूर्वभारतीय राजदूत रञ्जित रायले प्रधानमन्त्री केपी शर्मा ओली राजा मेहन्द्र शाह भन्दा शक्तिशाली बनेको टिप्पणी गरेका छन् ।
उनले भनेका छन्, ‘हामीलाई त खुशी लागेको छ । नेपालका नयाँ प्रधानमन्त्री सम्माननीय केपी शर्मा ओलीको पहिलो विदेश भ्रमण भारतबाट सुरु भएको छ । यसले पनि के दर्शाउँछ भने दुई देशबीचको सम्बन्ध कति महत्वपूर्ण छ ।’
उनले नरेन्द्र मोदीले ओलीलाई साथ दिनुले राम्रो संकेत गरेको दाबी गरेका छन् । उनले भनेका छन्, ‘प्रधानमन्त्री नरेन्द्र मोदीले ओलीजीको सम्बृद्ध नेपाल र सुखी नेपाली भन्ने अभियान आफ्नो सबका साथ सबका विकास भन्ने अभियानसँग परिपूरक भएको बताउनुले धेरै राम्रो संकेत गरेको छ । विगतमा केही महिना पहिले द्वीपक्षीय सम्बन्धमा केही मिस अण्डरस्टाण्डिङ थियो ।’
उनले यो भ्रमणसँगै नयाँ अध्याय शुरु भएको दाबी गरे । ओलीलाई संसदमा अपार समर्थन मिलेको र संसदमा ८० प्रतिशत समर्थन प्राप्त भएको पनि जिकिर गरेका छन् ।
उनले भनेका छन्, ‘उहाँ बलियो नेता बन्न चाहिरहनुभएको छ । साँच्चै भन्ने हो भने उहाँ त राजा महेन्द्रपछिकै शक्तिशाली नेता बन्न लागेको देख्छु म त । मलाई लाग्छ अब नेपालमा स्थायित्व हुन्छ । र, विकास हामीहरुको उद्देश्य छ । सबैको साथ, सबैको विकास नै हो । यसमा अब दुवै देश अग्रसर हुन्छन् ।’










