विराटनगर । समान्य प्रसासन मन्त्री लालवावु पण्डितले, मन्त्री परिषदको निर्णय अनुसारनै सचिवहरुको सरुवा भएकाले यस विषयमा कसैले चित्त दुखाउनुपर्ने आवश्यकता नभएको वताएका छन् ।
विराटनगर विमानस्थला मंगलवार संचारकर्मीसंग कुरागर्दै मन्त्री पण्डितले आफुले चाहेको सचिव आफ्नै मन्त्रालयमा हुनुपर्छ भन्ने सोच राख्न नहुने वताए । उनले सरुवा भएका सचिवहरु मन्त्रालयमा गएर काम गरि सकेकाले अव उनिहरुको मन्त्रालय हेरफेर नहुने प्रष्ट पारे । उनले प्रधानमन्त्री प्रणाली अन्र्तगत विधि सम्वत रुपमा सचिवको सरुवा भएकाले यस विषयमा विवाद गर्न नहुने वताए ।
स्थानीय निकायमा खटिएका कर्मचारीलाई पहिलेको कार्यालयमा हाजिर गराउन मन्त्रालयले रोक लगाएको उनले वताए । उनले नया संरचनाको दरवन्दी अनुसार कर्मचारी तोकिएकोको ठाउमा जाने काम भइरहेको भन्दै तोकिएको ठाउमा नजाने कर्मचारीलाई निजमती ऐन अनुसार कार्वाही हुने वताए ।
कर्मचारीको माग भइरहेको वेला कर्मचारीलेपनी तोकिएको ठाउमा गएर सेवा पुर्याउनुपर्ने उनको भनाई थियो ।









