काठमाडाैँ । बुढानिलकण्ठ नगरपालिका कार्यालय, काठमाडौंका उप-सचिव (प्रमुख प्रशासकिय अधिकृत) लिला अधिकारी र ईन्जिनियर बिजेन्द्र श्रेष्ठलार्इ अख्तियारले नियन्त्रणमा लिएकाे छ ।

साेमबार बुढानिलकण्ठ नगरपालिकाे बाँडेपाखामा रिजर्भ वायर (पानी ट्याङ्की ) निर्माण कार्य सम्पन्न गरे पश्चात कार्य अनुभव पत्र लिने प्रयोजनको लागि सेवाग्राहीसँग ५ लाख घुस लिदैँ गर्दा उनीहरू पक्राउ परेकाे अख्तियारले जानकारी दिएकाे छ । घुस बापतको रकम लिएको अवस्थामा वडा नं.३ को कार्यालय अगाडी सार्वजनिक सडकबाट उनीहरू पक्राउ परेका हुन् ।